जीवन बीमा पॉलिसी किन्दा ध्यान दिनुपर्ने ८ कुरा
नेपालमा जीवन बीमा लिँदा उद्देश्य बुझ्नु, पर्याप्त कभर सुनिश्चित गर्नु, प्रिमियम र अवधि सही छान्नु, र पॉलिसी तुलना गर्नु महत्वपूर्ण छ। Sajilobima जस्ता प्लेटफर्मले निष्पक्ष जानकारी, तुलना र सही योजना चयन गर्न सजिलो बनाउँछ, जसले तपाईंको परिवारको वित्तीय भविष्य सुरक्षित बनाउँछ।

१. बीमा किन्ने उद्देश्य बुझ्नुहोस्
पॉलिसी तुलना गर्नु अघि,सबैभन्दा पहिलो प्रश्न तपाईंले आफैंलाई सोध्नुपर्ने हुन्छ: “मलाई जीवन बीमा किन चाहियो?”
हाम्रो अघिल्लो लेखमा हामीले बीमाका विभिन्न फाइदाहरूको बारेमा चर्चा गर्यौं, जस्तै: बीमाले आर्थिक संकटबाट बचाउँछ, आयकर बचत गर्न मद्दत गर्छ र बुढ्यौलीमा कोषको स्रोत पनि बन्न सक्छ। बीमाका यति धेरै फाइदा भए पनि, नेपालमा जीवन बीमाको बारेमा या त गलत धारणा छ वा मानिसहरू समयमै पॉलिसी लिन ढिलाइ वा छिटो निर्णय गर्छन्।
धेरैजसो मानिसहरू:
केवल एजेन्टमा भर पर्छन्
पॉलिसीका विशेषताहरू राम्ररी बुझ्दैनन्
कम कभर वा धेरै प्रिमियम तिर्छन्
वास्तविकतामा, जीवन बीमाको सही चुनावले तपाईंको परिवारलाई सुरक्षा र तपाईंलाईं मनको शान्ति दिन्छ भाने गलत चुनावले वर्षौंसम्म बोझको महसुस गराउँछ।
☑️ यदि तपाईं जीवन बीमा किन्न योजना गर्दै हुनुहुन्छ भने, निर्णय गर्नु अघि आफ्नो उद्देश्य र लक्ष्य बुझ्नु जरुरी छ।
२. पॉलिसीको प्रकार बुझ्नुहोस्
एकपटक बीमा किन्ने उद्देश्य तय भएपछि, तपाईंले आफ्नो व्यक्तिगत लक्ष्य अनुसार उपयुक्त पॉलिसी छान्नु पर्छ। सबै जीवन बीमा एउटै तरिकाले काम गर्दैनन्, यही कारणले धेरै ग्राहकहरू भ्रमित हुन्छन्। केही पॉलिसी केवल सुरक्षा मात्र दिन्छन् भने अरु पॉलिसी बीमा सँगै बचत वा लगानी पनि जोड्छन्
उदाहरणका लागि, म्यादी जीवन बीमा(Term Insurance) ले कम लागतमा उच्च कभरेजमा केन्द्रित हुन्छ, तर सावधिक जीवन बीमा (Endowment Insurance)ले सुरक्षा सँगै बचत/फिर्ता पनि प्रदान गर्छन्। साथै, आजीवन जीवन बीमा (Whole life Insurance)पॉलिसीहरू पनि हुन्छन् जसले रकम फिर्ता हुने र सुरक्षा दुबै फाइदा सम्पूर्ण जीवनभर प्रदान गर्छन्।
☑️ पॉलिसीले समयसँगै कसरी काम गर्छ बुझ्नुहोस्।
३. योग्यताको (Eligibility) जाँच गर्नुहोस्
अर्को महत्वपूर्ण पक्ष भनेको तापाइको बिमा किन्ने योग्यताको जाँच हो। योग्यताले दुईटा कुरा निर्धारण गर्छ- (१) तपाईं पॉलिसी किन्न सक्नुहुन्छ कि हुन्न र (२) तपाईं पॉलिसीको लाभ उठाउनु सक्नुहुन्छ कि हुन्न। हरेक पॉलिसीमा प्रवेश गर्न निश्चित मापदण्ड हुन्छन्—उमेर, आम्दानी, स्वास्थ्य वा मेडिकल जाँच। यदि तपाईं यी मापदण्ड पूरा गर्नुहुन्न भने आवेदन अस्वीकृत हुन सक्छ। भविष्यमा दाबी (Claim) पनि अस्वीकृत हुन सक्छ।
योग्यता (Eligibility) ले तलका कुराहरूमा पनि प्रभाव पार्छः
बीमा रकम (Sum Assured)
तपाईंले तिर्ने प्रिमियम (Premium)
पॉलिसीका सर्तहरू र सुविधाहरू (Policy Terms and Benefits)
हामी यी सबै विषयहरू केही बेरमा छलफल गर्नेछौं…
☑️ योग्यता जाँच गर्नु महत्त्वपूर्ण छ किनभने तपाईंको बीमा सही, किफायती र आवश्यक पर्दा तपाईं वा तपाईंको परिवारका लागि भरपर्दो हुन्छ।
४. कभर (Sum Assured) पर्याप्त छ कि छैन जाँच गर्नुहोस्
अब तपाईंले कस्तो प्रकारको बीमा लिने भनेर निर्णय गरिसक्नुभयो र आवश्यक योग्यता पनि पूरा गर्नुभयो भने,यसपछि ध्यान दिनुपर्ने पहिलो कुरा हो—बीमाको कभरेज (Coverage). यसलाई सजिलो भाषामा बीमा रकम (Sum Assured) पनि भनिन्छ। कुनै घटना (जस्तै मृत्यु) भएमा बीमा कम्पनीले तपाईंको परिवार (नोमिनी) लाई दिने निश्चित रकमलाइ बिमा रकम भनिन्छ।
नेपालमा धेरैले गर्ने सामान्य गल्ती के हो भने—कम बीमा रकम भएको पॉलिसी रोज्नु। किन यस्तो हुन्छ त? मुख्य कारण हो—कम रकमको बीमा लिँदा प्रिमियम पनि कम तिर्नुपर्छ, जुन अहिलेका केही समयको लागि सजिलो लाग्छ। तर सोच्नुस्, भविष्यमा त्यो रकम पर्याप्त हुन्छ त? आफैंलाई एकचोटि सोध्नुहोस्:
“यदि यदि म मरे भने, यो बीमा रकमले मेरो परिवारको खर्च, ऋण र भविष्यका लक्ष्यहरू पूरा गर्न पुग्छ त?”
बीमा कम्पनीहरूले दिने एक व्यावहारिक सुझाव के हो भने— तपाईंको बीमा रकम (Coverage) कम्तीमा तपाईंको वार्षिक आम्दानीको १०–१५ गुणा हुनुपर्छ।
☑️ सस्तो होइन, परिवारको सुरक्षा पर्याप्त हुन जरुरी छ।
५. प्रिमियमको दीर्घकालीन क्षमता मूल्याङ्कन गर्नुहोस्
बीमा रकम (Sum Assured) छान्नु मात्रै पर्याप्त हुँदैन, त्यससँगै तपाईंले सजिलै तिर्न सक्ने प्रिमियम छान्नु पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ। ठूलो बीमा रकम आकर्षक लाग्न सक्छ, तर यदि प्रिमियम तपाईंको बजेटभन्दा बाहिर गयो भने—
a) तपाईंले समयमै किस्ता तिर्न नसक्ने जोखिम हुन्छ
b) पॉलिसीका लाभहरू पनि गुम्न सक्छन्
अर्कोतर्फ, अहिलेका लागि सानो प्रिमियम त सजिलो लाग्छ, तर १०, २० वा ३० वर्षपछि तपाईंको परिवारलाई चाहिने सुरक्षा भने अपुग हुन सक्छ। त्यसैले, यस्तो प्रिमियम रोज्नुहोस् जुन तपाईंको मासिक वा वार्षिक बजेटमा सजिलै मिलोस्। सामान्य रूपमा भन्ने हो भने, तपाईंले तिर्ने वार्षिक प्रिमियम तपाईंको वार्षिक आम्दानीको करिब १०% भित्र हुनुपर्छ।
☑️यस्तो बीमा रकम रोज्नुहोस् जसले तपाईंको परिवारलाई पर्याप्त सुरक्षा दिन सकोस्, र यस्तो प्रिमियम छान्नुहोस् जुन तपाईंको दीर्घकालीन आर्थिक योजना सहज होस्।
६. पॉलिसी अवधि ध्यान दिनुहोस्
जीवन बीमा एक–दुई वर्षका लागि लिने कुरा होइन—यो लामो समयसम्म चल्ने आर्थिक प्रतिबद्धता हो, जुन धेरै वर्षसम्म रहन्छ। त्यसैले सही अवधि (Tenure) छान्नु निकै महत्वपूर्ण हुन्छ।
सामान्यतया, तपाईंको पॉलिसीको अवधि तपाईंका जिम्मेवारीहरूसँग मिल्नुपर्छ—जस्तै, छोराछोरी आर्थिक रूपमा सक्षम हुने समयसम्म वा ठूला ऋणहरू सकिने समयसम्म। साथै, त्यो अवधिभरि तपाईंले नियमित रूपमा प्रिमियम तिर्न सक्नुहुन्छ भन्ने विश्वास पनि हुनुपर्छ।
☑️ बीचमै पॉलिसी छोड्दा फाइदा कम हुन सक्छ र नोक्सानी पनि हुन सक्छ। त्यसैले तपाईंलाई सहज लाग्ने अवधि मात्र छनोट गर्नुहोस्।
७. पॉलिसीका नियम, शर्त, अतिरिक्त लाभ र बहिष्कार बुझ्नुहोस्
जब तपाईंले बीमा रकम (Coverage / Sum Assured), प्रिमियम (Premium) र अवधि (Tenure) तय गर्नुहुन्छ, त्यसपछि पॉलिसीका विवरणहरू बुझ्नु पनि अत्यन्तै आवश्यक हुन्छ। यही ठाउँमा धेरै मानिसहरूले गल्ती गर्छन्—उनीहरू पॉलिसीका सर्तहरू राम्रोसँग पढ्दैनन्।
विशेष गरी, यी कुराहरूमा ध्यान दिनुहोस्:
प्रतीक्षा अवधि (Waiting Period) – पॉलिसी किनेपछि लाभहरू पाउन सुरु हुनुअघि कुर्नुपर्ने समय।
बहिष्करणहरू (Exclusions – suicide clause, pre-existing conditions, आदि) – यस्ता अवस्था वा कारणहरू जसमा बीमा कम्पनीले दाबी (claim) भुक्तानी गर्दैन।
लक-इन अवधि (Lock-in Period) – जरिवाना बिना पॉलिसी बन्द गर्न वा पैसा निकाल्न मिल्ने न्यूनतम समय।
सरेंडर भ्यालु नियम (Surrender Value Rules) – पॉलिसी बीचमै छोड्दा कुन सर्तमा कति रकम फिर्ता पाइन्छ भन्ने नियम।
नेपालका धेरै बीमा कम्पनीहरूले थप वैकल्पिक सुविधा (Optional Riders / Benefits) पनि दिन्छन्, जस्तै— दुर्घटना मृत्यु लाभ (Accidental Death Benefit),गम्भीर रोग लाभ (Critical Illness Rider), अशक्तता लाभ (Disability Benefit), प्रिमियम छुट सुविधा (Premium Waiver Benefit) आदि, जसले तपाईंको बीमा सुरक्षा अझ बलियो बनाउँछ।
यी विषयहरू हामी आगामी लेखहरूमा अझ सजिलैसँग बुझ्नेछौं।
☑️ विभिन्न पॉलिसीहरूको फाइदा (Benefits) र सीमाहरू (Exclusions) तुलना गरेर, तपाईं
आफ्नो लागि सबैभन्दा उपयुक्त पॉलिसी छनोट गर्नुहोस्।
८. तुलना गरेर निर्णय गर्नुहोस्
अन्ततः, जीवन बीमा लिनु कुनै गाह्रो कुरा होइन। धेरै मानिसहरूले किन्ने बेला तुलना नगरेकोमा पछि पछुताउँछन्। त्यसैले सही जानकारी र थोरै तुलना गरेर तपाईं आफ्नो जीवनका लक्ष्यसँग मिल्ने सही पॉलिसी रोज्न सक्नुहुन्छ।
धेरै वेबसाइट घुम्नु वा पूर्ण रूपमा एजेन्टमा भर पर्नु कहिलेकाहीँ झन्झटिलो हुन सक्छ। अब तपाईं सजिलैसँग एउटै ठाउँमा—Sajilobima मार्फत विभिन्न जीवन बीमा विकल्पहरू हेर्न र तुलना गर्न सक्नुहुन्छ। यहाँ तपाईंले कभरेज, प्रिमियम, अवधि र फाइदाहरूलाई सँगै (side-by-side) हेरेर स्पष्ट रूपमा निर्णय लिन सक्नुहुन्छ।
हामीलाई किन रोज्ने? (६ कारणहरू) हामी तपाईंलाई मद्दत गर्छौं:
निष्पक्ष जानकारी पाउन
पॉलिसीहरू सजिलै तुलना गर्न
तपाईंको आवश्यकताअनुसारको पॉलिसी खोज्न
तपाईंको बजेटमा मिल्ने योजना छनौट गर्न
योजनाको फाइदा र प्रिमियमको विस्तृत जानकारी बुझ्न
सुरक्षित र ठगीरहित प्लेटफर्म प्रयोग गर्न
आवश्यक परे विशेषज्ञको सहयोग लिन
जीवन बीमा छिटो किन्ने कुरा होइन—बुझेर र सोचेर किन्ने कुरा हो। आज थोरै समय दिएर सही निर्णय लिनुभयो भने, भोलि तपाईंको परिवारको भविष्य अझ सुरक्षित बन्न सक्छ।
☑️ Sajilobima.com मा गएर केही मिनेटमै नेपालका जीवन बीमा योजना तुलना गर्नुहोस्।
सजिलोबीमाद्वारा प्रकाशित। सामान्य जानकारी मात्र — किन्नुअघि बीमा कम्पनीसँग बीमालेख (बीमा पोलिसी) जाँच गर्नुहोस्।